काठमाडौं । सेयरबजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक ३१ दशमलव ९७ अंकले ओरालो लागेर १८ सय ८५ दशमलव ३१ बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव २८ अंकले ओरालो लागेर तीन सय ६७ दशमलव ३६ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५३ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट २४ हजार छ सय ४४ पटकको कारोबारमा ३५ लाख १२ हजार आठ सय ३४ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम एक अर्ब १० करोड ३४ लाख चार हजार ४५ रुपैंयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयरबजार परिसुचक पुरै रातो भएको छ ।