काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षमा कमाएको खुद मुनाफामध्येबाट लाभांश नदिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैंठकले गत आवको खुद मुनाफामध्येबाट यो वर्ष कुनै पनि किसिमको लाभांश नबाँढ्ने जानकारी दिएको हो । बैंकका अनुसार गत आर्थिक वर्षमा कमाएको खुद मुनाफा रिजर्भ कोषमा राखिनेछ ।