काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार सपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो । माछापुच्छ्रेको मंसिर १२ गते सोमबार बसेको चार सय ७२औँ सञ्चालक समितिको बैंठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो । महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत रहेको बैंकले जानकारी दिएको छ ।