काठमाडौं । सेयरबजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन झण्डै ३२ अंकले ओरालो लागेर एक अर्ब १० करोड रुपैयाँको सेयर खरिद बिक्री भएकोमा साताको दोस्रो कारोबार दिन आज सोमबार भने सुचक तथा कारोबार रकम दुबै नैं उकालो लागेका छन् ।
आज सोमबार बजार परिसुचक १९ दशमलव ९६ अंकले उकालो लागेर १९ सय दुई दशमलव २७ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५७ अंकले उकालो लागेर तीन सय ७२ दशमलव ९३ बिन्दुमा चढेको छ । आज दुई सय ४५ वटा कम्पनीहरुको २२ हजार नौं सय ९३ पटकको सेयर किनबेच भएको छ । जसबाट ४४ लाख ७० हजार छ सय २५ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोबार रकम एक अर्ब ३६ करोड ६० लाख १० हजार चार सय ६४ रुपैंयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको कारोबार भएकोमा बाणिज्य बैंक उपसमुहको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।