काठमाडौं । सनिगाड हाइड्रो लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । रजिष्टर्ड कार्यालय धोवीघाट, ललितपुर रही बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको सनिगाड हाइड्रो लिमिटेडको सर्वसाधारणहरूको लागि निष्काशन गरिने एक सय रुपैयाँ अकिंत दरको ६७ लाख ५० हजार कित्ता साधारण सेयर (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरू तथा सर्वसाधारण समेत)का लागि निष्काशन गर्न सनराइज क्यािपटल लिमिटेड, कमलपोखरी, काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
साधारण सेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फबाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच निकट भविष्यमा उक्त साधारण सेयर निष्काशन गरिने सम्झौता भएको कम्पनीले जानकारी दिएको छ । सनिगाड हाइड्रो लिमिटेडकोे विद्युत उत्पादनको क्षमता ३८ दशमलव ४६ मेवा रहेको छ । उक्त कम्पनीको आयोजना निर्माणकार्य सम्पन्न भई केही साताभित्र विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ ।