काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन झण्डै २० अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने दुई दशमलव ५७ अंकले ओरालो लागेर १८ सय ९९ दशमलव ७० बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६३ अंकले ओरालो लागेर तीन सय ७१ दशमलव ३० बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ४८ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । जसबाट १६ हजार तीन सय २० पटकको कारोबारमा २० लाख ५८ हजार पाँच सय १० कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम ७७ करोड ७० लाख ८९ हजार एक सय ६५ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहह्रु मध्ये नौं वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाँकी चार वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।