काठमाडौं । कुमारी बैंकले ‘एक्सिलेन्स इन ई–कर्मश बिजनेस २०२२ अवार्ड’ पाएको छ । भिसा इन्टरनेसनलद्वारा कन्क्लेभ इनोभेसन फर डिजिटल नेपाल सम्मेलनको आयोजना भएको थियो । सोहीअनुसारको लिडर्स कन्क्लेभ सम्मेलनमा भिसा इन्टरनेशनलद्वारा कुमारी बैंक लिमिटेडलाई एक्सिलेन्स इन ई–कमर्स बिजनेस २०२२ अवार्डले सम्मान गरिएको हो । यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ई–कमर्स व्यवसायको मात्रा हासिल गरेकोमा प्रदान गरिएको हो ।
आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात् गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ । बैंकले हाल देशव्यापीरूपमा एक सय ९८ वटा शाखा सञ्जाल, एक सय ९४ वटा एटीएम, ५० शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा सुविधाहरू प्रदान गर्दै आएको जानकारी दिएको छ । आगामी दिनहरूमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।