काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्नो दशैँ तथा तिहार स्किम ‘होण्डाको दशैँको शुभलाभ’को विजेताहरु घोषणा गरेको छ ।
योजनाअन्तर्गत ग्राहकहरूले सात प्रदेशबाट एक–एक जना गरी सात जनाले सात लाख र बम्परमा लक्की ड्रमार्फत १५ लाख रुपैयाँ नगद उपहार प्राप्त गरेका छन् । ‘होण्डाको दशैँको शुभलाभ’ योजनाअन्तर्गत प्रदेश १ बाट सत्य साई अटो सिटी प्रालिकी दुर्गा देवी सापकोटा, मधेश प्रदेशबाट मिशिखा इन्टरप्राइजेजका अमित कुमार शाह, बागमती प्रदेशबाट एसटीसी टेकुकी मनिशा बज्राचार्य, गण्डकी प्रदेशबाट कुँवर ब्रदर्सका कृष्णकुमार आलेले एक लाख रुपैयाँ नगद उपहार प्राप्त गरेका छन् । यसैगरी लुम्बिनी प्रदेशबाट अमृत इन्टरनेशनल प्रालिका विष्णु पोखरेल, कर्णाली प्रदेशबाट डाँफे अटोपाट्र्स एण्ड सप्लायर्सकी सुनिता खत्री र सुदूरपश्चिम प्रदेशबाट उमा टे«डर्सका लक्ष्मण भट्टले एक लाख रुपैयाँ नगद उपहार प्राप्त गरेका छन् ।
त्यसैगरी सिद्धिविनायक अटो प्रालिका चन्द्र बहादुर थापाले बम्पर उपहार १५ लाख रुपैयाँ प्राप्त गरेको कम्पनीले जनाएको छ । फाइनान्समा खरिद गरेका ग्राहकहरूलाई पनि बम्पर लक्की ड्रमा सामेल गरिएको थियो । यसका साथै, यस योजनाअन्तर्गत, ग्राहकहरुले स्क्र्याच कुपनमार्फत सात लाख रुपैयाँसम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरुका साथै इजी फाइन्यान्सको पनि सुविधा प्राप्त गरेको कम्पनीले जनाएको छ ।