काठमाडौं । काठमाडौंमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स साफा बेष्ट प्रिजेन्टेड एनुअल अवाड्र्स २०२१, अन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवातर्फबाट सर्टिफिकेट अफ मेरिटद्वारा सम्मानित भएको छ । दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा)ले बेस्ट प्रिजेन्टेड एनुअल अवाड्र्सअन्तर्गतका विभिन्न विधाहरूमा प्रस्तुत गरेको थियो ।
दक्षिण एसियाली राष्ट्रहरूबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरूलाई उक्त कार्यका लागि गठन गरिएको सोही संस्थाको समितिले मूल्यांकनको आधारमा छनोट गरेको हो । विधाहरूमा वित्तीय सेवा क्षेत्रमध्येबाट नेपालबाट मुक्तिनाथ विकास बैंकले यो सम्मान प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्यांकनको लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको हो । उक्त प्रमाणपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए । वार्षिक प्रतिवेदन प्रस्तुत गरेबापत बैंकलाई दिइने उक्त सम्मानलाई अति प्रतिष्ठित सम्मान मानिने गरिएको छ । यसरी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बैंक सम्मानित हुँदा बैंकमा कार्यरत कर्मचारीहरूलाई थप ऊर्जा मिल्ने बैंकले जानाएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदिजस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।