काठमाडौं । सेयरबजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार भने पुन पाँच दशमलव ८९ अंकले ओरालो लागेर १८ सय ६७ दशमलव २२ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३१ अंकले ओरालो लागेर तीन सय ६५ दशमलव ३४ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५२ वटा कम्पनीहरुको २० हजार चार सय ३३ पटक सेयर किनबेच भएको छ । जसअन्र्तगत २४ लाख ४० हजार तीन सय सात कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम ८६ करोड ३८ लाख १६ हजार पाँच सय ६१ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोबार भएका कुल उपसमुहहरु मध्ये बाँणिज्य बैंक उपसमुहको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।