काठमाडौं । नेपाली चिया पारखीहरुका लागि चिया चुस्कीले विभिन्न स्वादका चिया बजारमा ल्याएको छ । नेपालको चिया भूमिको रुपमा परिचित इलामको उत्कृष्ट सुगन्धित चियाका ताजा पत्ता मिश्रण गरी रक्तकाली चिया उद्योग इलामबाट उत्पादित ग्रिन टि, ह्वाइट टि, एल्लो टि, आइस टि तथा सिटिसी टि चिया चुस्की ब्राण्डका बहु स्वादिलो चिया बजारमा ल्याइएको हो ।
उक्त चिया नेपाली बजारमा पाइने उत्कृष्ट चियामध्ये पर्ने कम्पनीको भनाइ छ । स्वाद र स्वास्थ्यमा उत्तिकै गुणस्तरीय रहेको दाबी कम्पनीको छ । विषादिरहित बगानका ताजा चियाका पत्ताबाट निर्माण गरिएकाले यसमा एण्टिअक्सिडेन्टहरु भएकाले शरीरमा भएका जीवित कोषलाई सुरक्षा दिई मृत कोषलाई पुनर्जीवित गरी क्यान्सर उत्पन्न गर्ने कोशिकाहरुलाई मार्न सहयोग प्रदान गर्दछ ।
नियमित रुपमा यो ब्राण्डको चिया सेवन गर्नाले शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गर्दछ । यस ब्राण्डका चियाको सेवनबाट शरीरलाई हाइड्रेटेड र मोइस्चराइज राख्दछ । यस्तै अनावश्यक रुपमा शरीरमा जमेको बोसो पगाली शरीरको तौललाई नियन्त्रण गर्ने बताइएको छ । मुख तथा श्वासको दुर्गन्ध हटाई सुगर रोग तथा उच्च रक्तचापबाट उत्पन्न हुने जोखिमलाई नियन्त्रण गरी मुटुको रोग तथा हृदयाघात हुनबाट समेत बचाउँछ ।
शरीरको पाचन प्रणालीलाई मजबुत बनाउनुको साथै अनिद्राबाट छुट्कारा दिलाउँछ । हाल सुपथ मूल्यमा दराज अनलाइनबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यसको प्याकेजिङ तथा बजारीकरण भने वशिष्ठ श्री कृषि फार्म विराटनगर १९ ले गरेको छ ।