काठमाडौं । हिमालयन बैंकले १९ दशमलव ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको यही पुस पाँच गते बसेको बैंठकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट आफ्ना सेयरधनीहरूलाई उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
घोषित लाभांशमध्येमा हाल कायम रहेको चुक्ता पुँजीको आठ प्रतिशतबराबरको बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजन समेतको लागि ११ दशमलव ११ प्रतिशत नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्यनमा आउनेछ ।