काठमाडौं  । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले आगामी माघ छ गते आफ्नो १०औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुंजी मध्येबाट बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि समेत हुनेगरी १० प्रतिशत अर्थात् १२ करोड रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसैगरी संस्थाले सोही वार्षिक साधारणसभामार्फत चुक्ता पुँजीको १० प्रतिशतको अनुपातमा १२ करोड रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।