काठमाडौं, फागुन २८
गुडविल फाइनान्सले आज बुुधबारबाट २५ करोड रूपैयाँबराबरको ऋणपत्रको बिक्री खुला गरेको छ । फाइनान्सले यही फागुुन २८ गतेबाट एक हजार रूपैयाँ अंकित मूल्य कायम रहने गरी २५ लाख कित्ता ऋणपत्रको बिक्री खुला गर्न लागेको हो । फाइनान्सका अनुसार सात वर्षे अवधिको वार्षिक १२ प्रतिशत ब्याजदर कायम रहने गरी गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ जारी गर्न लागिएको हो । सर्वसाधारणहरूले न्यूनतम २५ देखि अधिकतम पाँच हजार कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी एक अर्ब रूपैयाँ रहेको फाइनान्सको जारी पुँजी ८० करोड रूपैयाँ रहेको छ भने चुुक्ता पुँजी पनि ८० करोड रूपैयाँ नै रहेको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिचटेड रहेको ऋणपत्रको बिक्री कार्य छिटोमा चैत दुुई गते र एवं ढिलोमा चैत १२ गते बन्द हुुनेछ ।