काठमाडौं  । सेन्ट्रल फाइनान्सले २६औँ वार्षिक साधारणसभाको आह्वान गरेको छ । फाइनान्सले यही पुस २९ गते आफ्नो केन्द्रीय कार्यालय कुपण्डोलमा वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत फाइनान्सले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट पाँच प्रतिशतले हुन आउने चार करोड ७४ लाख ४३ हजार सात सय ७२ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।