काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले विशेष साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही माघ ३ गते काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा विशेष साधारणसभा गर्न लागेको हो ।
विशेष सभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पँुजी दुई अर्ब ६५ करोड ३२ लाख रुपैयाँमध्येबाट ८८ दशमलव ४५ प्रतिशत अर्थात १ः०.८८ को अनुपातमा दुई अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । हकप्रद सेयर जार गरेपछि कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी पनि बढ्ने हुँदा सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरिने कम्पनीले जानकारी दिएको छ ।