काठमाडौं । सेयर बजार परिसुचक २१ सय बिन्दुबाट पनि उकालो लागेको छ । अघिल्लो दिन तीन दशमलव शुन्य तीन अंकले ओरालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार एकै दिन ६४ दशमलव ७८ अंकले बढेर २१ सय २५ दशमलव ८४ बिन्दुमा चढ्न सफल भएको हो ।
‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव नौं अंकले उकालो लागेर चार सय आठ दशमलव ७२ बिन्दुमा चढ्न सफल भएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५८ वटा कम्पनीहरुको ५७ हजार तीन सय १२ पटक सेयर किनबेच भएको छ । जसबाट ८७ लाख ३३ हजार पाँच सय ४२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा समुहहरुको कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक उकालो लाग्दा सेयर बजार पुरै हरियो भएको छ ।