काठमाडौं । महिला सहकारी संस्था लि.ले आफ्ना सेयरधनीहरूलाई १८ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको शनिबार सम्पन्न २७औँ वार्षिक साधारणसभाले आव २०७८/०७९ को नाफाबाट सेयरधनी सदस्यहरूलाई चुक्ता पुँजीको १८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७८/७९ मा २७ करोड ४२ लाख ६२ हजार रुपैयाँ कुल आम्दानी गरेको छ भने १७ करोड ४१ लाख ८२ हजार रुपैयाँ कुल खर्च गरेको जनाएको छ । संस्थाले आव २०७/७९ मा १० करोड ८० हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । सो नाफााबाट संस्थाले यसवर्ष आय करबापत ७५ लाख १५ हजार नेपाल सरकारलाई बुझाएको जनाएको छ ।
यस्तै संस्थाले आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब सात करोड ६८ लाख ७२ हजार रुपैयाँ निक्षेप सङ्कलन गरी एक अर्ब ५४ करोड ७७ लाख ४१ हजार रूपैयाँ कर्जा लगानी गरेको छ । यस संस्थाले काठमाडौं उपत्यका सीमित बैंकिङ कारोबार सञ्चालन गर्नुको साथै विपन्न महिलाहरूको लागि लघुवित्त कार्यक्रम सञ्चालन गरी सामूहिक जमानीमा विनाधितो ऋण प्रदान गरी गरिब तथा विपन्न महिलाहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको जनाएको छ ।