काठमाडौं । यससाता सेयरबजार परिसूचक दुई हजार एक सय ४३ दशमलव ९३ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ११ दशमलव २३ विन्दुुमा सीमित हुन पुगेको छ ।
यससाता धितोपत्र बजारमा दुुई सय ६१ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार दुई लाख ९३ हजार चार सय ९६ पटकको कारोबारमा चार करोड ८६ लाख ९० हजार छ सय १६ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम १९ अर्ब ९७ लाख ३९ हजार सात सय ७२ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा निकै बढी हो ।
गतसाता भने धितोपत्र बजारमा दुुई सय ६१ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुुसार एक लाख ८७ हजार दुई सय २४ पटकको कारोबारमा तीन करोड २२ लाख ३७ हजार छ सय ३० कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम १० अर्ब ९९ करोड ५३ लाख ३९ हजार नौ सय २७ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्यदिन नै खुला रहेको थियो । जसमध्ये पहिलो, दोस्र्रो, चौथो र पाँचौँ दिन सेयरबजार परिसूचक उकालो लागेको थियो तेस्रो दिन बजार परिसूचक ओरालो लागेको थियो ।
पहिलो कारोबार दिन बजार परिसूचक १७ दशमलव २४ अंकले उकालो लागेर दुई हजार ४६ दशमलव २६ विन्दुुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७१ अंकले उकालो लागेर तीन सय ९४ दशमलव एक विन्दुमा चढेको थियो । दोस्रो कारोबार दिन पनि बजार परिसूचक १७ दशमलव ५६ अंकले उकालो लागेर दुई हजार ५३ दशमलव ८३ विन्दुुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८८ अंकले उकालो लागेर तीन सय ९४ दशमलव ८९ विन्दुमा चढेको थियो ।
तेस्रो कारोबार दिन भने बजार परिसूचक तीन दशमलव शून्य तीन अंकले ओरालो लागेर दुई हजार ६१ दशमलव शून्य छ विन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३९ अंकले ओरालो लागेर तीन सय ९४ दशमलव ६२ विन्दुमा झरेकोे थियो । चौथो कारोबार दिन भने बजार परिसूचक ६४ दशमलव ७८ अंकले उकालोे लागेर दुई हजार एक सय २५ दशमलव ८४ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव नौ विन्दुले उकालो लागेर चार सय आठ दशमलव ७२ विन्दुमा चढेको थियो ।
पाँचौँ कारोबार दिन पनि बजार परिसूचक १८ दशमलव नौ अंकले उकालो लागेर दुई हजार एक सय ४३ दशमलव ९३ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५१ विन्दुले उकालो लागेर चार सय ११ दशमलव २३ विन्दुमा चढेको थियो । यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा हिमालयन डिष्ट्रिलरी प्रालि, शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् ।
यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।