काठमाडौं, फागुन २९
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित निजी निवासमा बुधबार बिहान गरिएको प्रेसर कुकर बम प्रहारलाई आतंककारीको संज्ञा दिएका छन् । अध्यक्ष दाहालले विज्ञप्ति जारी गरी मध्यपुर नगरपालिका वडा नं १ लोकन्थली भक्तपुरस्थित निजी निवासमा आतङ्ककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पु-याएको उल्लेख गरेका हुन् । ‘म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्दछु, घटनामा संलग्न अपराधीलाई नियन्त्रणमा लिन र कडा कानूनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु’, विज्ञप्तिमा भनिएको छ । बाँस्कोटाको घरमा विष्फोट गराएको आरोपमा प्रहरीले देव गुरुङ नामका विप्लव माओवादीका कार्यकर्तालाई पक्राउ गरेको छ ।