काठमाडौं । कम्बोडियाको राजधानीमा फोनेम पेनमा नेपाली रेस्टुरेन्ट ‘वल्र्ड दरबार’ सञ्चालनमा ल्याइएको छ । गलकोट नगरपालिका हटिया ३, बाग्लुङमा जन्मिएर कम्बोडिया कर्मभूमि बनाएका प्रदीप अधिकारी लगायतका टिमले वोल्ड दरबार होटल, रेस्टुरेन्ट एन्ड स्काइ बार सञ्चालनमा ल्याएको हो । उक्त रेष्टुरेन्टमा लालसिंह खड्का, खिम खड्का र अधिकारीसहित तीन जनाको संयुक्त लगानी छ । विगत १० वर्ष अगाडिदेखिको योजना कार्यान्वयनमा ल्याएको सञ्चालक अधिकारीले बताए । कम्बोडियामा नेपाली खानाको परिकारको स्वाद चखाउन आफूहरुले रेष्टुरेन्ट सञ्चालनमा ल्याएको उनको भनाइ छ ।