काठमाडौं, फागुन २९
सेञ्चुरी कमर्सियल बैंकको नवौँ वार्षिक उत्सवको उपलक्ष्यमा बैंकको प्रधान कार्यालय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । चावहिलस्थित ओम हस्पिटल तथा ताहाचलस्थित नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाको सहयोगमा सो कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । बालबालिकाहरूदेखि लिएर वृद्धवृद्धाहरू समेतको सहभागी उक्त शिविरमा धेरै जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
रक्तदान कार्यक्रमा पनि ३५ जनाभन्दा बढीको सहभागिता थियो । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको वार्षिक कार्यक्रममा बैंकले महेन्द्र माध्यामिक विद्यालय हेलम्बु ६, सिन्धुपाल्चोकलाई दुुई थान ल्यापटप र एक थान प्रोजेक्टर प्रदान गरेको छ । त्यसैगरी बैंकले आवर चाइल्थड केयर नामक अनाथाश्रमलाई खाद्य सामग्री पनि प्रदान गरेको छ ।