काठमाडौं । गैरआवासीय नेपाली संघले गैरआवासीय नेपालीलाई नेपालभित्र हवाई यात्रा गर्दा नेपाली नागरिकसरहको भाडा कायम गर्न माग गरेको छ । संघले विदेशबाट आउने नेपालीलाई नेपालभित्र हवाई यात्राका क्रममा विदेशीसरह हवाई भाडा लागू गरिएको भन्दै तत्काल सो व्यवस्था खारेज गर्न सरकारसँग माग गरेको हो ।
संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीलाई शुक्रबार ज्ञापनपत्र बुझाउँदै नेपालमा गैरआवासीय हवाई भाडालाई नेपाली नागरिकसरह हुनेगरी व्यवस्था गर्न आग्रह गरेको छ । भेटमा संघकी कार्यकारी अधिकारी रबिना थापाले नेपालको पर्यटन प्रबद्र्धन क्षेत्रमा गैरआवासीय नेपालीहरूको सहभागीतालाई बढाउन आवश्यक नीति बनाई सहजीकरण गरिदिन मन्त्री किराँतीको ध्यानाकर्षण गराइन् ।