काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले १६औँ वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही माघ २८ गते उद्योग संगठन मोरङको सभाहलमा वार्षिक साधारणसभा गर्न लागेको हो ।
सभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ६० करोड रूपैयाँमध्येबाट एक दशमलव १५ प्रतिशतको अनुपातमा ६९ लाख ४७ हजार तीन सय ६८ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव परित गर्ने तयारी गरेको छ । यसबाहेक संस्थाले सोही वार्षिक साधारणसभामार्फत हाल कायम रहेको चक्ता पुँजीमध्येबाट २२ प्रतिशतको अनुपातमा १३ करोड रूपैयाँबराबरको बोनस सेयर वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।