काठमाडौं । अछामको चौरपाटी गाउँपालिका–४ कालिगाडी बस्ने ललित बहादुर कुँवरलाई भरुवा बन्दुक १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिउडीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । धनुषाको मिथिला नगरपालिका–२ नकटाझिझ चोकबाट माउजर पेस्तोल १ थान र २ राउण्ड गोली लोड गरेको म्याग्जीन १ थान सहित सोही नगरपालिका–७ बस्ने २८ वर्षीय रौशन महतोलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।