काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको सुरुवाती कारोबार दिन आज आईतबार बजार परिसुचक १४ दशमलव ६८ अंकले ओरालो लागेर २१ सय ६८ दशमलव ५३ बिन्दुमा खुम्चिएको छ । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन दुई दशमलव ८३ अंकले ओरालो लागेर चार दशमलव १० दशमलव ३१ बिन्दुमा खुम्चिएको छ ।
आज १४ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६७ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ५१ हजार नौं सय ७३ पटकको कारोबारमा ८२ लाख ७६ हजार सात सय ५१ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम तीन अर्ब एक करोड ७० लाख ६३ हजार नौं सय ५६ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये दुई वटा उपसमुहहरुको सुुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।