काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफा तथा २०७९ असार मसान्तसम्मको खुद मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी ३१ करोड २८ लाख ७५ हजार चार सय ११ रुपैयाँमध्येबाट बोनस र नगद सेयर उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
घोषित लाभांशमध्येमा १९ प्रतिशतका दरले हुनआउने पाँच करोड ९४ लाख ४६ हजार तीन सय २८ रुपैयाँबराबरको बोनस सेयर र एक प्रतिशतका दरले हुन आउने ३१ लाख २८ हजार सात सय ५४ रुपैयाँबराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।