नेपालगञ्ज । नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल नेपालगञ्जको आयोजनामा बाँकेका विभिन्न चार विद्यालयका करिब तीन हजार विद्यार्थीहरूको निःशुल्क आँखा जाँच गरेको छ । नेपाल सरकारको सहयोगमा आयोजना गरिएको निःशुल्क विद्यालय आँखा जाँच शिविर कार्यक्रममा नेपालगञ्ज महानगरपालिकाका चारवटा सामुदायिक विद्यालयका दुई हजार आठ सय ६८ जना विद्यार्थीहरूको निःशुल्क आँखा जाँच गरिएको हो । फुलटेका माध्यामिक विद्यालयका चार सय जना, महेन्द्र माध्यामिक विद्यालयका चार सय चार जना, युद्ध संस्कृत माध्यामिक विद्यालयका दुई सय १४ जना र धम्बोझी माध्यामिक विद्यालयका एक हजार आठ सय ५० जना विद्यार्थीहरूको निःशुल्क आँखा जाँच गरिएको अस्पतालका बाह्य कार्यक्रम प्रमुख उमर सादिकले जानकारी दिए ।