काठमाडौं, फागुन ३०
प्राइम कमर्सियल बैंकले सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूमध्येमा आफूलाई निकै नै सबल र सक्षम बैंकको रूपमा स्थापित गरेको छ । बिहीबार प्राइमले राष्ट्रियस्तरको कैलाश विकास बैंकलाई प्रािप्त गरेसँगै प्राइम चुक्ता पुँजी, निक्षेप तथा कर्जा एवं शाखा सञ्जालका दृष्टिकोणले मुुलुकको पाँचौँ ठूलो वाणिज्य बैंक बन्न सफल भएको हो । एकीकृत कारोबारको सुभारसम्ममा प्राइम कमर्सियल बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले गरेका हुुन् । एकीकृत कारोबारपश्चात् प्राइमको चुक्ता पुँजी १३ अर्ब ९८ करोड रूपैयाँ पुुगेको छ । बैंकको कुुल निक्षेप एक खर्ब ३० अर्ब रूपैयाँ पुुगेको छ भने कुुल कर्जा रकम एक खर्ब १४ अर्ब रूपैयाँ पुुगेको छ । एकीकृत कारोबारपश्चात् बैकको कुुल शाखा संख्या दुुई सयवटा पुुगेको छ ।
एकीकृत कारोबारको सुभारम्म गर्दै सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले बैंकको सर्वोपरी हितमा हुुने गरी आगामी दिनहरूमा पनि मर्जर र प्राप्तिलाई निरन्तरता दिने बताए । प्राप्तिपश्चात् बैंकको व्यापार व्यवसाय एवं शाखा सञ्जाल वृद्धि हुुनुको साथै निवर्तमान संस्थाको गुुडविल प्राप्त गर्ने एवं अनुुभवी तथा क्षमतावान कर्मचारीहरूसहितको बलियो पूर्वाधार प्राप्त गरी बैकले भविष्यमा थप सफलताको नयाँ उचाइ प्राप्त गर्नेछ, अध्यक्ष श्रेष्ठले भने । यसको बृहत् फाइदा सेयरधनी, निक्षेपकर्ता ऋणी, कर्मचारीहरूलगायत सम्पूर्ण सरोकारवालाहरूले प्राप्त गर्नेछन्, अध्यक्ष श्रेष्ठले भने ।
कार्यक्रममा बैकका प्रमुुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले आम निक्षेपकर्ता, कर्जा उपभोक्ता, सेयरधनी तथा कर्मचारी वर्ग बैंकको मुख्य खम्बाको रूपमा रहेको भन्दै स्थापनाकालदेखि नै निक्ष्ोपकर्ताहरूलाई उच्च ब्याज दिँदै तुुलनात्मकरूपमा न्यून ब्याजदरमा कर्जाका उपभोक्ताहरूलाई स्रोतको बन्दोबस्त गरिदिएको बताए । लिने र दिने ब्याजदरको अन्तर स्प्रेड दर न्यून राखेर काम गने बैंकको नीति रहेको भन्दै सेयरधनीहरूलाई तुुलनात्मकरूपमा उच्च लाभांश दिँदै आएका छौँ, प्रमुुख कार्यकारी अधिकृत मानन्धरले भने । न्यून सञ्चालन खर्च र कोषको उत्कृष्ट व्यवस्थापनका साथै सिर्जनशील, नवीन आविस्कारक एवं कडा मिहेनत गर्ने कार्य संस्कृतिको विकास गरी आश्र्चायजनक र असम्भवजस्तै लाग्ने यो मोडल अपनाउँदै आएका छौँ र यसमा हामी सफल पनि भएका छौँ, प्रमुुख कार्यकारी मानन्धरले भने ।
एक र एक मिलाएर दुई हुने गणितको सामान्य नियम हो तर एक र एक मिलाएर दुुई संस्थाको सिर्नर्जी प्रतिफल मिलाएर तीन नम्वर प्राप्त गर्ने कोशिस गर्ने उनले बताए । प्राप्तिपश्चात् बैंकको समग्र पोर्टफोलियो सवा खर्बभन्दा बढी भएको, कुुल पुँजी कोष १९ अर्बको भएको भन्दै यी सबै परिसूचकका आधारमा प्राइम अब निजी क्षेत्रका उत्कृष्ट र सफल बैंकहरूको सूचीमा परेको प्रमुुख कार्यकारी मानन्धरले बताए । प्राइमले कर्मचारी वर्गलाई पनि बैंकिङ उद्योगकै औसतभन्दा माथि सेवा सुविधाहरू उपलब्ध गराउँदै आएको यसमा सबै पक्षलाई सन्तुष्ट बनाएर सबैभन्दा न्यून खर्च भएको तथा बढी प्रतिफल दिने बैंकको रूपमा प्राइमको नाम लिँदा गौरभान्वित भएको अनुुभूति गरेको छ, उनले भने ।
बैंकले कर्मचारीहरूको कार्यगत क्षमता बढाउनको लागि १२ दिन जति ध्यान शिविरमा भाग लिएमा छ दिनको अतिरिक्ता बिदा दिने व्यवस्था गरेको र यसले कर्मचारीहरूको मानसिक तनाव कम भई कार्यगत क्षमता बढाउन सहयोग पुगेको समेत प्रमुुख कार्यकारी मानन्धरले बताए । प्राइम बैंकलाई आजको अवस्थासम्म ल्याउनको लागि संस्थागत सुशासन, व्यावसायिकता, कार्यसंस्कार एवं पद्धतिको विकासमा हामीले निकै उत्कृष्ट कार्य गरेका छौँ, यसक्रममा कानुुनी, विभिन्न आम्दानी र जोखिममा आधारित लेखापरीक्षणसमेत गर्ने गरिएको समेत उनले बताए ।