काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटल प्रालि हेटौंडाबीच मेडिकल इन्स्योरेन्सको लागि सेवा सम्झौता भएको छ । उक्त सम्झौतापश्चात् रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहक तथा बीमितहरूले हस्पिटलको प्रयोगशाला सेवा, एक्सरे, ईसीजी र इकोलगायत सेवाहरूमा विशेष छुट पाउनेछन् ।
सम्झौता कार्यक्रममा अन्डरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर सूर्य गिरीलगायत सन्चो हस्पिटलका तर्फबाट मेनेजर अशोक कायस्थको उपस्थिति रहेको थियो । रिलायन्स इन्स्योरेन्सले आफ्ना ग्राहकहरूको सुविधाका लागि विभिन्न जिल्लामा मेडिकल इन्स्योरेन्स तथा अन्डरराइटिङको लागि स्थानीय स्वास्थ संस्थाहरूसँग सम्झौता गर्ने कार्यलाई निरन्तरता दिँदै गइरहेको छ । कम्पनीले देशभर एक सय २४ वटा शाखा विस्तार गरी बीमासम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ ।