काठमाडौं । यससाता सेयरबजार परिसूचक दुई हजार ९४ दशमलव ५४ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९८ दशमलव ३७ बिन्दुमा सीमित हुन पुगेको छ ।
यससाता धितोपत्र बजारमा दुई सय ६१ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख ३९ हजार चार सय ९८ पटकको कारोबारमा तीन करोड ५५ लाख ८९ हजार सात सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम १३ अर्ब ७२ लाख ७७ हजार दुई सय ६६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा थोरै कम हो ।
गतसाता पनि धितोपत्र बजारमा दुई सय ६१ वटा कम्पनीहरूको सेयर कारोबार भएको थियो । जसअनुसार दुई लाख १९ हजार नौ सय ४० पटकको कारोबारमा तीन करोड ६३ लाख ५६ हजार सात सय ८६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम १३ अर्ब १९ करोड ३८ लाख ३० हजार एक सय ९० रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबारकक्ष सातामा पाँच कार्यदिन नै खुला रहेको थियो । जसमध्ये पहिलो पहिलो, दोस्रो, तेस्रो र पाँचौँ दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने चौथो दिन बजार परिसूचक उकालो लागेको थियो ।
पहिलो दिन बजार परिसूचक १४ दशमलव ६८ अंकले ओरालो लागेर दुई हजार एक सय ६८ दशमलव ५३ विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ पनि दुई दशमलव ८३ अंकले ओरालो लागेर चार सय १० दशमलव ३१ विन्दुमा झरेको थियो । दोस्रो दिन बजार परिसूचक ४१ दशमलव १६ अंकले ओरालो लागेर दुई हजार एक सय २७ दशमलव ३७ विन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ पनि सात दशमलव ३३ अंकले ओरालो लागेर चार सय दुई दशमलव ९८ विन्दुमा झरेको थियो । तेस्रो दिन बजार परिसूचक पुन १५ दशमलव ७० अंकले ओरालो लागेर दुई हजार एक सय ११ दशमलव ६८ विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ पनि दुई दशमलव ३६ अंकले ओरालो लागेर चार सय दशमलव ६२ बिन्दुमा झरेको थियोे ।
चौथो कारोबार दिन भने बजार परिसूचक चार दशमलव ९७ अंकले उकालो लागेर दुई हजार एक सय १६ दशमलव ६५ विन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ५४ अंकले उकालो लागेर चार सय एक दशमलव १७ बिन्दुमा चढेको थियो । पाँचौँ कारोबार दिन भने बजार परिसूचक २२ दशमलव १२ अंकले ओरालो लागेर दुई हजार ९४ दशमलव ५४ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८० अंकले ओरालो लागेर तीन सय ९८ दशमलव ३७ विन्दुमा झरेको थियो ।
यससाता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा रिडी हाइड्रोपावर कम्पनी, शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यससाता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।