काठमाडौं ,भारतबाट मूल्य बढेर आएको भन्दै सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाई पेट्रोल प्रतिटिलर एक सय ७८ तथा डिजेल र मट्टितेल प्रतिलिटर एक सय ७५ कायम गराएको छ ।

हवाइ इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ । निगमले वृद्धि गरेको मूल्य सोमबार राति १२ बजेपछि लागू भएको छ ।