काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो र यारीमा नगद छुट र एक्सचेन्ज अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले नेपालका विभिन्न क्षेत्रका १२ वटा केन्द्रहरुमा एकैसाथ कार्यक्रमको आयोजना गरी ‘नगद छुट र एक्सचेन्ज’ मेलाको घोषणा गरेको हो ।
योजनाअनुसार नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो र यारीे’ खरिद गरेबापत ४० हजारसम्मको नगद छुट पाइनेछ । यस्तै यो योजना यही फेब्रुअरी महिनाभरका लागि लागू हुनेछ । यस मेलाबाट पुराना तथा नयाँ ग्राहकहरुले अधिकतम लाभ लिनसक्ने अपेक्षा कम्पनीले राखेको छ । साथै कम्पनीले आइतबार तीन नयाँ बिक्री केन्द्रहरु दमक, भैरहवा र नेपालगञ्जमा पनि ट्रियो र यारी सार्वजनिक गरेको छ ।
अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले अग्नि ग्रुपका प्रतिनिधिहरुको उपस्थितिमा तीन नयाँ बिक्री केन्द्रहरुमा ट्रियो र यारी सार्वजनिक गरेको हो । कम्पनीका अन्य सेवा केन्द्रहरु बिर्तामोड, विराटनगर, इटहरी, सिन्धुली, मलंगवा, हेटौंडा, नारायणघाट, बुटवल र सुर्खेतमा छन् ।