काठमाडौं । कामना सेवा विकास बैंकले निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कस्टुमर–डेको अवसरमा निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्नेगरी सम्झौता गरेको हो ।
बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाबाहेक अन्य सेवाहरू पनि दिई आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने हेतुले विभिन्न सामाजिक कामहरू समेत गर्दै आएको छ । यसैअन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरी प्रत्येक वर्षको फेब्रुअरी ९ तारिक कस्टुमर–डेको रूपमा समेत मनाउँदै आएको छ ।
सोही अवसरमा यही माघ महिना २६ गते बिहीबारको दिन निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानसँगको सहकार्यमा आफ्ना ग्राहकहरूका लागि निःशुल्करूपमा स्वास्थ्य जाँच तथा विभिन्न परीक्षण कार्यक्रम सम्पन्न गर्ने भएको छ । उक्त कार्यक्रम कोहोलपुर न.पा. वडा नं. ११, नेपालगञ्जस्थित निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानमा हुने भएको छ ।