काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २० करोड ६५ लाख ५८ हजार आठ सय ५९ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १६ करोड ८५ लाख चार हजार सात सय ५१ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब २४ करोड १० लाख ६६ हजार तीन सय २७ रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ११ अर्ब ३८ करोड ३४ लाख २२ हजार छ सय ६७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३३ करोड ४१ लाख ८० हजार ६१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव १६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ११ करोड ३४ लाख सात सय ५६ रुपैयाँ रहेको सस्थाको स्प्रेड दर भने दुई दशमलव शून्य नौ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ११ अर्ब ६८ करोड ९७ लाख ७१ हजार तीन सय ३७ रुपैयाँ कर्जा प्रवाह गर्दा २७ करोड ७४ लाख २२ हजार नौ सय ८८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा शून्य दशमलव शून्य पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको स्प्रेड दर भने तीन दशमलव २६ प्रतिशत रहेको थियो ।