काठमाडौं  । ज्योति विकास बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही फागुन १४ गते आफ्नो १५औँ वार्षिक साधारणसभाको आह्वान गरेको हो । काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने उक्त वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट तीन दशमलव आठ प्रतिशतले हुने आउने १६ करोड २१ लाख ७४ हजार छ सय ३५ रुपैयाँ बराबरको नगद लाभांश र तीन प्रतिशतले हुनआउने १२ करोड ८० लाख ३२ हजार पाँच सय ९९ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।