काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही फागुन ११ गते काठमाडौंको डिल्लीबजारस्थित अमृतभोग क्याटरिङमा आफ्नो १८औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ३१ करोड २७ लाख ८४ हजार पाँच सय ५० रुपैयाँलाई वृद्धि गरी एक अर्ब ४० करोड ४५ लाख ४९ हजार रुपैयाँ पु-याउने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
यसबाहेक कम्पनीले सोही वार्षिक साधारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजीको छ दशमलव ९९ प्रतिशत अर्थात् नौ करोड १७ लाख ६४ हजार चार सय ५० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६ प्रतिशत अर्थात् ४८ लाख २९ हजार सात सय आठ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।