काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी राम श्रेष्ठ पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २०७७ चैत २३ को फैसलामा चार लाख रुपैयाँ बिगो तथा जरिवाना र सात दिन कैद एवं आठ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने गरी फैसला भई फरार रहेका काठमाडौं का.म.न.पा. वडा नं. १३ कालिमाटी बस्ने वर्ष ५७ वर्षीय श्रेष्ठलाई पक्राउ गरिएको हो ।
कार्यालयका अनुसार श्रेष्ठलाई आइतबार ११ बजे काठमाडौंको सुन्धारा क्षेत्रबाट पक्राउ गरी सोही दिन फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहल पठाइएको छ ।