लण्डन । बेलायतका नीतिनिर्माताले युरोपबाट हुने देशको बहिर्गमनको लागत २९ अर्ब पाउन्ड स्टर्लिङ खर्च हुने बताएका छन् । यसको मतलब एकघरको हिस्सामा एक हजार पाउन्ड आइपर्ने ती नीतिनिर्माताको भनाइ छ ।
बैंक अफ इंग्ल्यान्डका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । बैंकको मौद्रिक नीति समितिका बाह्य सदस्य जोनादन हास्केलले सन् २०१६ पछि लगानीको छाल रोकिएको उल्लेख गरे ।
उनले देशको उत्पादकत्वमा ह्रास हुँदै गएको स्वीकारे । उनले सन् २०१६ सम्म उत्पादन क्षेत्रमा ठूलो सुस्तता देखिए पनि लगानी धेरै भएको उल्लेख गरे । तर आर्थिक वृद्धिमा बेलायत बहिर्गमनका लागि भएको जनमतसंग्रहले प्रभाव पारेको उनको भनाइ छ । किनभने सन् २०१२ देखि २०१६ सम्म
अर्थतन्त्रका लागि निकै राम्रो भएको उनले उल्लेख गरे । उनले बेलायत बहिर्गमनले व्यापार घटाएको बताए ।