काठमाडौं । आईएमई–पे र चन्द्र्रागिरि हिल्सबीच ‘फिल द एयर’ नामक अफर सार्वजनिक गरिएको छ । अफरअनुसार आईएमई–पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आईएमई–पे एपमार्फत काटेमा चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरूमा छुटहरू प्राप्त
गर्न सक्नेछन् ।
सीमित समयको लागि मात्र लागू भएको यस अफरमार्फत प्रयोगकर्ताहरूले जिप लाइनिङमा १५ प्रतिशत छुट, स्विङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । हरेक दिन एक भाग्यशाली विजेताले चन्द्रागिरि केबल कारको निःशुल्क इभिनिङ (साँझ मात्र लागू हुने) टिकट जित्ने मौका पनि पाउनेछन् । सो टिकट वितरण गरिएको दिनदेखि एक हप्तासम्म मात्र मान्य हुनेछ ।
साथै, यी दुई कम्पनीबाीच प्रणय दिवसको अवसर पारी अर्को अफर पनि सार्वजनिक भएको छ । माघ २८, २०७९ (फेब्रुअरी ११) देखि फाल्गुन १, २०७९ (फेब्रुअरी १३) सम्म आईएमई–पे एपबाट चन्द्रागिरि केबलकारको टिकट काट्ने पाँच जना भाग्यशाली विजेताहरूले प्रणय दिवसको दिन चन्द्रागिरिमा रोमान्टिक कपल डिनर जित्ने मौका पाउनेछन् । सो अफरको विजेताहरूको घोषणा एवं सम्पूर्ण जानकारी आईएमई–पेको सामाजिक सञ्जालमा प्राप्त गर्न सक्नेछन् ।