काठमाडौं । पछिल्लो समय युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको ‘फेब्रुअरी १४’ अर्थात् ‘भ्यालेन्टाइन–डे’को अवसरमा एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूको लागि सेलिब्रेट लभ वीथ एनआईसी एसिया बैंक योजना सार्वजनिक गरेको छ । यो योजना बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहक महानुभावहरूलाई लक्षित गरेर ल्याइएको हो ।
२०७९ माघ २८ देखि २०७९ फागुन १ (२०२३ फेब्रुअरी ११ देखि २०२३ फेब्रुअरी १३) सम्म सञ्चालन हुने यस योजनाअन्तर्गत बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा यस बैंकद्वारा राखिएको क्यूआर कोड तथा पस मेसिनमा पहिलो पटक कारोबार गर्नेे ग्राहकहरूलाई १४ प्रतिशत वा अधिकतम दुई सय रूपैयाँसम्म क्यासब्याक उपलब्ध हुनेछ । साथै, बैंकले यसरी कारोबार गर्नेमध्ये २० जना भाग्यशाली ग्राहकहरूलाई भ्यालेन्टाइन डेको दिन अर्थात् २०७९ फाल्गुन २ (२०२३ फेब्रुअरी १४)मा तारे होटलमा आफ्नो साथीसँग डिनर खाने अवसर मिलाइएको छ ।
काठमाडौं बाहिरबाट यस योजनामा समावेश भई डिनरको लागि छनौट हुने ग्राहक महानुभावहरूको लागि वहाँहरूलाई पायक पर्ने नजिकैको तारे वा सोसरहको होटलमा आकर्षक डिनरको व्यवस्था मिलाइनेछ । यस योजनामा मोबाइल बैंकिङ्ग एपमार्फत गरिने वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई मान्यता दिइएको छैन । डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले ल्याएको यस योजनाबाट ग्राहकहरूलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
एनआईसी एसिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरूमध्येको बैंक हो । बैंकले मुलुकभर तीन सय ५९ वटा शाखा कार्यालयहरू, चार सय ७३ वटा एटीएम, एक सय छवटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।
देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु-याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड रूपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा तीन अर्ब ४१ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रूपमा स्थापित हुन बैंक सफल भएको छ ।
जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान रहेको कम्पनीहरूमध्येको हो । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।