काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक व्र्षको दोस्रो त्रैमासिक अवधिमा ५० लाख ३२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा सात करोड २५ लाख ७७ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६५ करोड ५८ लाख ६३ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब ९५ करोड सात लाख ८५ हजार रूपैंयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४१ करोड ७६ लाख चार हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १६ करोड ९३ लाख ८९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ९२ लाख ६२ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ९४ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब सात करोड ८४ लाख ५६ हजार रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६६ करोड ५१ लाख ८० हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २३ करोड १६ लाख ३१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ११ लाख २१ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव शून्य सात प्रतिशत रहेको थियो ।