काठमाडौं, चैत २ नेपाल एसबिआई बैंक लिमिटेड र फोन पे पेमेन्ट सर्भिस लिमिटेडबीच मर्चेन्ट एक्विजिसन सम्झौता भएको छ । नेपाल एसबीआई बैंकको केन्द्रीय कार्यालय, केशरमहलमा भएको सम्झौतामा बैंकका तर्फबाट प्रमूख सञ्चालन अधिकृत शुभकान्त कानुङगो र फोन पे पेमेन्ट सर्भिस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अदवैत रत्न तुलाधरबीच बैंकका प्रबन्धसञ्चालक अनुकूल भट्नागर तथा प्रमुख व्यवसाय अधिकृत, छविराज पन्तको उपस्थितिमा सम्पन्न भएको हो । उक्त सेवाअन्तर्गत बैंकबाट क्यु आर मर्चेन्को लागि आवेदन दिने र क्यु आर प्राप्त गर्न सकिने तथा फोन पे नेटवर्कमा आबद्ध रहेका अन्य बैंकहरुको मोबाइल बैंकिङ प्रणालीअन्तर्गत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।