काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ५४ लाख ८४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ३८ लाख ९२ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २५ करोड रूपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ३० करोड २१ लाख ८३ हजार रूपैयाँ निक्षेप संकलन गरी दुई अर्ब सात करोड ६२ लाख ७१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड ४० लाख ५८ हजार एक सय ८० रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले २४ करोड ६२ लाख ९४ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९९ करोड ९० लाख २८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ४३ लाख ८९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।