काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड ६९ लाख ८० हजार दुई सय २२ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा आठ करोड ४० लाख ९५ हजार चार सय २९ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३१ करोड २८ लाख ७५ हजार चार सय ११ रूपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ४५ करोड ४९ लाख ३२ हजार सात सय ७८ रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ८२ करोड नौ लाख ३० हजार छ सय ९८ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड ७६ लाख ७४ हजार एक सय ९२ रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा दुई करोड १० लाख ४४ हजार पाँच सय ७३ रूपैयाँ रहेको संस्थाको स्प्रेड दर भने पाँच दशमलव २९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ४६ करोड ८७ लाख १९ हजार नौ सय ६९ रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७८ करोड तीन लाख ८६ हजार पाँच सय तीन रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड १६ लाख ६९ हजार सात सय २० रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर आठ दशमलव १७ प्रतिशत रहेको थियो ।