काठमाडौं, चैत २ साँग्रिला डेमलपमेन्ट बैंकले सचेतना कार्यक्रम सञ्चालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकको गल्छी शाखाले जनजागरण माध्यमिक विद्यालयमा कारोना भाइरससम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको हो । बैंकका अनुसार गल्छी स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा विद्यार्थी र अभिभावकहरुलाई समेत राखेर कोरोना भाइरसको सङक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा भाइरसबाट आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ अभियानअन्तर्गत सरसफाईमा विशेष ध्यान दिने, मास्क लगाउने, हातलाई सावुन पानीले धुने,हात नमिलाउने, भीडभाडमा नजाने, नियमित शारीरिक व्यायाम गर्ने, रुघाखोकी ज्वरो आएमा मनोबल नघटाइ तुरुन्तै नजिकैको स्वास्थ्य चौकामा जानु पर्नेलगायतका विषयमा जानकारी दिइएको थियो ।