अमेरिका । अर्बपति इलोन मस्कले झण्डै दुई अर्ब अमेरिकी डलरबराबरको टेस्ला सेयर च्यारिटीलाई दिएका छन् । गत वर्ष आफ्नो विद्युतीय कार कम्पनीमा रहेको १.९५ अर्ब अमेरिकी डलरबराबरको सेयर उनले दान गरेको बीबीसीले जनाएको छ ।
अमेरिकी नियामकमा पेस गरिएको कागजातबाट एक करोड १६ लाख कित्ता बराबरको सेयर दानमा खर्चिएको खुलेको हो । यद्यपि त्यसमा उक्त दानको प्रापक को थियो भन्नेचाहिँ खुलाइएको छैन । बुधबार उनले यो वर्षको अन्त्यसम्ममा ट्विटरले नयाँ प्रमुख कार्यकारी अधिकृत पाउने पनि बताएका छन् ।
अमेरिकी धितोपत्र विनिमय आयोगमा पेस भएको कागजातले गत वर्ष अगस्ट–डिसेम्बरबीचमा दान गरिएको देखाएको छ । टेस्लाले यसबारे केही बताएको छैन ।