काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले काठमाडौंको मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत १० जना विद्यार्थीहरूको लागि प्रतिविद्यार्थी वार्षिक १२ हजारको दरले एक लाख २० हजार रूपैयाँबराबरको छात्रवृत्ति प्रदान गरेको छ । कम्पनीले गत माघ २२ गते निधन भएका आफ्ना संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको १२औँ दिनको पुण्यतिथिका अवसरमा उनको स्मृतिमा उक्त छात्रवृत्ति प्रदान गरेको हो ।
उक्त कार्यक्रममा एक घण्टासम्म स्व. राणाको जीवनी, उनले देशलाई पु¥याएको योगदानको चर्चा गर्नुको साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै बौद्ध धर्मगुरु तथा भिक्षुहरूले उनको गुणहरूको सम्झना गर्दै गुणानुस्मृति र परित्राण पाठ गर्दै अन्त्यमा पुण्यानुमोदन गरे । उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष मनोहर दास मुल, सञ्चालक विश्वराज रेग्मी, पूर्वसञ्चालक शंकर घिमिरे, प्रमुख कार्यकारी अधिकृत एनपी प्रधानलगायतका कम्पनीका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।