मोरङ । सुन्दरहरैचा नगरपालिका-१ हरैचास्थित मिलिजुली बचत तथा ऋण सहकारी संस्थाबाट नगद ४ लाख ५९ हजार ५ सय ११ रुपैयाँ गएराति चोरी भएको छ । उक्त संस्थाको भवनको सिसाको झ्याल र ग्रिल फोडीभित्र प्रवेश गरेर सेफमा उक्त नगद चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।