काठमाडौं,विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाका संचालकको चल अचल सम्पति तथा बैङ्क खाता रोक्का गरिएको छ । सहकारीले रकम हिनामिना पारेपछि बचतकर्ताले संचालकलाई नियन्त्रणमा लिएर रकम असुली गरिदिन माग गदै जिल्ला प्रशासन कार्यालय मोरङ घराउ गरेपछि प्रशासनले संचालकको सबै रकम रोक्का गरिदिएको छ ।